गृहपृष्ठ साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड
साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड
साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ शनिबार काठमाडौंमा सम्पन्न भयो ।
सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानुन तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो ।
त्यसैगरी साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
सम्मेलनका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा. जीवराज पोखरेलले साइबर सुरक्षाका चुनौती घटाउन नेपालमा पनि सामूहिक प्रयास आवश्यक रहेको भन्दै त्यसकाख निम्ती चेतना अभिवृद्धि अपरिहार्य भएको बताए ।
सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायत सूचना प्रविधि क्षेत्रका जानकारले भाग लिएका थिए ।
यसैगरी सम्मेलनमा सरकारी, व्यवसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायका क्षेत्रबाट दुई सय जनाको सहभागिता थियो ।
प्रकाशित समय २०:४५ बजे

















