गृहपृष्ठ तीन दिन वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा
तीन दिन वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो र राति देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार ‘शनिबार दिउँसो तथा राति देशैभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।’
‘शनिबार दिउँस पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा र पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ, ‘शनिबार राती पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।’
त्यस्तै आइतबार पनि देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘आइतबार दिउँसो र राति पश्चिमका केही स्थान र मध्य र पूर्वका एक दुई स्थानमा भारि बर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ, ‘देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुन सक्छ ।’
सोमबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ । त्यसैगरी सोमबार बिहान पश्चिमका एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भाबना छ ।
प्रकाशित समय १०:५६ बजे

















