गृहपृष्ठ ‘संहिताबाट तर्सिनु पर्दैन’
‘संहिताबाट तर्सिनु पर्दैन’
एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै देवानी संहिता तथा फौजदारी संहिताबाट पेशा व्यवसायमा लाग्ने तर्सिनु नपर्ने जानकारहरुले बताएका छन् । ऐन लागु भएको उपलक्ष्यमा शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारका वक्ताले संसदले सर्वसम्मत पारित गरेको कानुन लागु मात्र भएको धारणा राखेका हुन् ।
नेकपाका नेता तथा सांसद रामनारायण बिडारीले एक वर्ष अघि कानुनअनुसार संसद्ले सर्वसम्मत पारित गरेको यो कानुन शुक्रबारदेखि लागु मात्र भएको बताए । उनले लापर्वाही गर्ने जो सुकैलाई सफाई दिन नहुने तर पेशा व्यवसायमा लाग्ने तर्सिनु नपर्ने बताए ।
नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले १६५ वर्ष लामो मुलुकी ऐनको प्रतिष्थापन गर्दै शुक्रबारदेखि लागु भएको कानुनको स्वागत गर्दै ४० वटा दफा संशोधनको प्रक्रियामा रहेको बताए । उनले प्रतिस्थापित ऐनमा मुलुकी ऐनको ६० प्रतिशत दफा जस्ताको त्यस्तै रहेको र २० प्रतिशत दफामात्र नयाँ थपिएको जानकारी दिए । नयाँ कानुन बेलाबेलामा संशोधन हुँदै ३०० वर्षसम्म चल्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले चिकित्सकलाई ज्यान मुद्दा लाग्न सक्ने खतरा भएकाले विरोध गरेको बताए । उनले कानुनमा संशोधन गर्ने बचन आएकाले आन्दोलन स्थगित गरेको जानकारी दिए ।
वरिष्ठ पत्रकार हरिहर विरहीले सरकारले भ्रष्टाचार, आर्थिक अनियमितता, सेनाले गर्ने अपराधजस्ता विषयमा खोजी पत्रकारिता गर्ने पत्रकार तथा फोटो पत्रकारलाई नियन्त्रित गर्ने मनसायले ऐन ल्याएको दावी गरे ।
प्रकाशित समय २०:१८ बजे