गृहपृष्ठ तरकारीको सिन्डिकेट तोड्न सरकार कठोर

तरकारीको सिन्डिकेट तोड्न सरकार कठोर

आन्दोलनले बजारमा तरकारी अभाव

तरकारी व्यवसायमा रहेका सिन्डिकेट तोड्न सरकार कठोर हुने भएको छ । कृषक र उपभोक्ताबीच तरकारीको मूल्यमा रहेको खाडल हटाउन सरकारले कडा कदम चाल्ने भएको हो ।

विभिन्न तहका बिचौलिया हटाउँदै तरकारी व्यवसायलाई पारदर्शी बनाउने सरकारको दाबी छ । सोही उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले सिण्डकेट अन्तयको लागी चाल्नुपर्ने रणनीति तय गर्दै छ । सो समितिले प्रतिवेदन बुझाएपछि सरकार सिण्डिकेट तोड्न अघि बढ्ने छ ।

‘तरकारी कारोबारलाई पारदर्शी बनाउन, किषकलाई उचित मूल्य दिलाउन, उपभोक्तासमक्ष सही मूल्यमा उपलब्ध गराई बिचौलियाको सिन्डिकेट हटाउन के के गर्ने सकिन्छ, छलफल गर्दैछौ,’ समितिका संयोजक समत रहेका आपूर्ति मन्त्रालयका सहसचिव ढकालले भने ।

बिचौलियाको हालिमुहाली सम्बन्धमा समेत गध्ययन गरी वास्तविकता बाहिर ल्याउने र दोषिलाई कारवाही हुने ढकालले बताए । समितिमा गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, जिल्ला प्रशासन काठमाडौं, प्रहरी र विभागका प्रतिनिधिहरू सहभागी छन् ।

समितिले यो साताभरिमा प्रतिवेदन तयार गर्ने संयोजक ढकालले बताए । व्यापारीले कृषकसँग खरिद गरेभन्दा तीन गुणा बढी मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको समितिको प्रारम्भिक निश्कर्ष छ ।

‘तरकारी तथा फलफूल वितरणमा ठुलो ठगी गरेको पाईएको छ, कारबाहीको डरले उल्टै हडतालमा उत्रिएका छन्, यस्तो गतिविधीलाई उनीहरुले निरन्तरता दिए कडा कारबाही गर्छौ,’ ढकालले भने ।

तरकारीमा बिचौलीया हावी भएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको टोलीले पछिल्लो पटक सोमबार कालीमाटी बजार अनुगमन गर्न गएको थियो । अनुगमन टोलीलाई तरकारी व्यापारीहरुले बजार भित्रै थुनेका थिए ।

कृषकबाट सस्तोमा तरकारी ल्याएर उपभोक्तालाई चर्काे मुल्यमा बेच्ने बिचौलियाले आफूहरुको ठगी थाहा नहोस् भनेर अनुगमन गर्न नदिन अवरोध गरेका छन् । अनुगमनमा बिचौलिया व्यापारीको अवरोधपछि सुरक्षाकर्मीले हस्ताक्षेप गर्नुपरेको थियो ।

बजार अनुगमनमा अवरोध र हुलहुज्जत गरेको आरोपमा प्रहरीले कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भरत खतिवडालगायत केहीलाई पक्राउ गरेको छ ।

राज्यले आफुहरुमाथी अनावश्यक ‘धरपकड’ गरेको बहाना बनाएर व्यावसायीहरु विरोधमा उत्रिएका छन् । तर ति व्यवसायीलाई गलाएरै छाड्ने सरकारको रणनीति छ ।

मंगलबार एक दिन तरकारी आयात तथा खरिद बिक्री ब्रन्द गरेका ब्यारिलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हडताल नरोके कारबाही गर्ने चेतावनी दिएपछि हड्ताल स्थगित गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि खुले पनि बजारमा सहज रुपमा तरकारी नपाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु