गृहपृष्ठ न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका दोशीलाई कारबाही गरी उनलाई न्याय दिनुपर्ने मागसहित माइतीघरमा शनिबार प्रदर्शन भएको छ ।

निर्मलाको बलात्कारपछिको हत्यापछि कञ्चनपुर अशान्त बनिरहेका बेला उनलाई न्याय दिनुपर्ने माग सहित काठमाडौंमासमेत विरोध प्रदर्शन सुरु भएको हो ।

निर्मलाका हत्याका बास्तविक दोषीलाई उन्मुक्ति दिन प्रहरीले नक्कली हत्यारालाई पक्राउ गरेको भन्दै कञ्चनपुरका स्थानीय तीव्र असन्तुष्टि जनाउँदै आइरहेका छन् । सोही क्रममा शुक्रबार साँझ भएको प्रदर्शनमा प्रहरीको गोली लागी एक बालकको मृत्यु भएपछि स्थिति झन् गम्भीर बनेको छ ।

घटनाले उग्ररुप लिँदै जाँदा सरकारको व्यापक आलोचना भएको छ । सरकारले अनुसन्धानका लागि टोली त गठन गरेको छ तर, स्थानीयले उक्त टोलीले निश्पक्ष अनुसन्धान गर्नेमा शंका गरिरहेका छन् ।

माइतीघरमा शनिबार भएको प्रदर्शनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन गरेका दिए । ‘निर्मलालाई न्याय’ #JusticeForNirmala अभियान चलाएर सामाजिक सञ्जालका प्रयोगकर्ताले यसलाई १ नम्बर ट्रेन्डिङमा पुर्याएका छन् ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु