गृहपृष्ठ निर्मला र खुनाका परिवारलाई १० लाख राहत दिइने

निर्मला र खुनाका परिवारलाई १० लाख राहत दिइने

खुनालाई शहीद घोषणा

mantri-parisad-newskarobar

सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्त र प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले बलात्कारपछि हत्या भएकी पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शन क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप १० लाख परिवारलाई सहायता दिने निर्णय गरेको हो । सरकारले प्रदर्शनका क्रममा घाईते भएकाको निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु