गृहपृष्ठ आयागले बोलाएको छलफलमा गृहमन्त्री गएनन्
आयागले बोलाएको छलफलमा गृहमन्त्री गएनन्
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको बैठकमा सहभागी भएनन् । पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढेको गुनासो आएपछि आयोगले आइतबार गृहमन्त्री थापालाई छलफलका लागि बोलाएको थियो । तर, गृहमन्त्री थापा व्यस्त रहेको कारण छलफलमा सहभागी नभएका जनाइएको छ ।
पछिल्लो समय बलात्कार, हत्या हिंसा लगायतबा घटना बढेको बन्दै गुनासो आएपछि आयोगले सो सम्बन्धमा चासो दिएको हो । बलात्कारका दोषीलाई कारबाहीको सट्टा जोगाउन खोजेको भन्दै सरकार विरुद्ध देशभर नागरिक आन्दोलित छन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक हत्यारालाई सरकारले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । यसलाई लिएर सरकारको व्यापक आलोचना भइरहँदा अयोगले छलफलका लागि गृहमन्त्रीलाई बोलाएको थियो । तर, आयोगले बोलाएको उक्त छलफलमा कार्यव्यस्तताको कारण देखाउँदै गृहमन्त्री थापा गएनन् ।
बलात्कार, हत्या हिंसाले विश्वसामू नकारात्मक सन्देश जाने भन्दै आयोगले सरकारको ध्यानकर्षणसमेत गराउँदै आएको छ । तर, अपराधका घटना बढेको र पीडितले न्याय पाउन सकेका छैनन् । सो विषयमा सरकारको धारणा बुझ्न आयोगले गृहमन्त्री थापालाई बोलाएको हो ।
‘पछिल्लो मानव अधिकारका विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलाएका हौं, उहाँ व्यस्त रहेको भन्दै आज (आइतबार) आउनु भएन,’ आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘भोली (सोमबार) आउने जानकारी गराउनु भएको छ ।’ पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढेको भन्दै प्रवक्ता अन्सारीले चिन्तासमेत व्यक्त गरिन् ।
याे पनि पढ्नुहाेस् ।
राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री थापालाई छलफलका लागि बोलायो
प्रकाशित समय १६:२९ बजे

















