गृहपृष्ठ भारतविरोधी प्रचार गरेको भन्दै नेपाली रेडियो प्रशारणमा रोक

भारतविरोधी प्रचार गरेको भन्दै नेपाली रेडियो प्रशारणमा रोक

सीमाका नेपाली रेडियोले भारतीय माओवादीलाई सघाएको आरोप

भारतविरोधी प्रचार गरेको भन्दै नेपाल–भारत सीमाक्षेत्रमा रहेका नेपाली रेडियोको प्रशारणमा रोक लगाइएको छ । सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले नै सीमामा रहेका रेडियो स्टेशनको प्रशारणमा बन्देज लगाएको हो ।

लाइभ हिन्दुस्तान डटकम नामक भारतीय अखबारका अनुसार सीमा क्षेत्रमा रहेका माइती नेपाल, नेपालीको रेडियो, रेडियो हिमालय, रेडियो नेपाल, रेडियो कान्तिपुर, रेडियो अमरापुर र रेडियो तरंगलगायतमाथि रोक लगाइएको छ ।

सीमा क्षेत्रमा प्रशारण हुने रेडियोको फ्रिक्वेन्सी भारतीय सीमामा रहेका गाउँ र बिहार लगायतका क्षेत्रसम्म पनि सुनिने भएकाले केबल अपरेटरलाई नै रेडियो प्रशारण बन्द गर्न एडिजी कानुन व्यवस्थापक अशोक कुमारले निर्देशन दिएको अखबारले उल्लेख गरेको छ ।

चंदनचौकी, गौरिफंटा, तिकुनिया क्षेत्र लगायत १७ स्थानमा प्रशारण रोक लगाइएको छ । यस्तै, नेपाली स्टेशनमा समेत ‘कूप्रचार’ नगर्न भन्दै सजग गराइएको समेत अखबारमा उल्लेख गरिएको छ ।

गुप्चर संस्थाको हवाला दिँदै सो अनलाईनले सीमा क्षेत्रमा माओवादीसमेत देशविरोधी गतिविधिमा संलग्न हुन सक्ने आशंका गरेको छ ।

केही च्यानलले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादती, नेपालमा माओवादीहरुले चलाएको जनयुद्धबारे बहस आयोजना गरिरहेका खबरमा उल्लेख छ । एपपी रामलाल वर्माले भारत–नेपाल सीमाको जिल्ला भएकाले आफूहरुले सजगता अपनाएको बताएका छन् ।

भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको ८६ किलोमिटरसम्म नेपालको सीमा छ । तहसीलो नौतनवा र निचलौलमा नेपाली मूलका मानिसहरुको संख्या बाक्लो छ । भारतीय सेनाबाट रिटायर भएपछि अधिकांश नेपाली यही बसेका छन् । यी सबै नेपाली रेडियोका श्रोता हुन् ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु