गृहपृष्ठ पहिलोपटक परीक्षणका रुपमा बंगलादेश–भारत–नेपाल बससेवा
पहिलोपटक परीक्षणका रुपमा बंगलादेश–भारत–नेपाल बससेवा

काठमाडौं । बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपाल काठमाडौंमा आईपुगेको छ ।
उक्त बसमा यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आफ्नै निवासमा स्वागत समारोहको आयोजना गरे प्रशन्नता प्रकट गर्दै बंगलादेश, भारत र नेपालमा समृद्धिको विश्वास व्यक्त गरे । तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र आर्थिक विकास हुने बताए ।
प्रकाशित समय ०७:४७ बजे