गृहपृष्ठ फेसबुकको अधोगति सुरु भएकै हो त ?
फेसबुकको अधोगति सुरु भएकै हो त ?
फेसबुकमाथि कारबाही हुन सक्ने, प्रयोगकर्ता घट्न थाले,
सन् २०१८ मा फेसबुकमाथि कैयौं आरोप लागे । यहाँसम्मकी फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटा बेचिरहेको छ ।
यसबारे फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी सिटेनमा पुगेर उत्तर दिनुपर्यो । फेसबुकले आफ्ना गल्ती स्वीकार्दै यस्तो गतिविधि नदोहोर्याउने बाचा पनि गर्यो । तर, आम मानिसमा फेसबुकसम्बन्धी ‘कन्ट्रोभर्सी’ले ठूलो आशंका कायम छ ।
समग्रमा सन् २०१८ सँगै फेसबुकको लामो समयसम्म चलेको अनुकुल समय सकिएको छ । २०१९ फेसबुकका लागि प्रतिकुल समयको सुरुवात मानिएको छ ।
फेसबुकमाथि जरिवानाको सम्भावना
अबको १२ महिनाभित्र फेसबुकमाथि ठूलो जरिवाना लाग्न सक्ने देखिएको छ । गत डिसेम्बरमा आयरल्याण्डको डाटा प्रोटेक्शन समितिले फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्ने घोषणा गरेको थियो । यसबाहेक अन्य कैयौं मुलुकले आफ्ना नागरिकको निजी डाटा फेसबुकले दुरुपयोग गर्ने गरेको आशंका गर्दै आन्तरिक रुपमा अनुसन्धान गरिरहेका छन् । फेसबुकका लागि यसको परिणाम गम्भीर हुन सक्ने छ ।
इन्टरनेसनल एसोसिएशन आफ प्राइभेसी प्रेक्टिशनर्स (आईएपीपी)का निर्देशक केट कोलेरी भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यो हो कि यसखालको गडबडिलाई रोक्नका लागि सही तरिका अपनाइयोस्, यो पर्याप्त नभएमा हामी प्रशासनिक स्तरमा अनुसन्धान गर्ने छौं । दोस्रो शब्दमा भन्दा यो समितिको फैसला फेसबुकका लागि निकै महंगो पर्न सक्ने छ ।
यूरोपेली संघको जनरल डाटा प्रोटेक्शन रेग्युलेशन (जीडीपीआर)ले फेसबुकको गल्ती साबित भएमा उसको वैश्विक कमाइको ४ प्रतिशत हिस्सा जरिवानास्वरुप असुलउपर गरिने जनाएको छ । यसको मतलब फेसबुकमाथि १५० करोड अमेरिकी डलरभन्दा बढी जरिवाना हुन सक्ने छ ।
खतरा अरु पनि…
फेसबुकका लागि खतरा अरु पनि छन् । आयरल्याण्डमा अनुसन्धानका बाबजुत अमेरिकाको फेडेरल ट्रेड समिति (एफसीटी) पनि सन् २०११ मा भएको सम्झौताअनुसार गतिविधि भएको छ कि छैन भनी फेसबुकमाथि अनुसन्धान गरिरहेको छ । यस सम्झौतामा फेसबुकले कसैको पनि निजी डाटा प्राप्त गर्न वा अरुलाई सेयर गर्नुअघि सम्बन्धित व्यक्तिको अनुमति लिनैपर्ने उल्लेख छ । फेसबुकले भने आफूले सम्झौता उल्लंघन नगरेको दाबी गर्दै आएको छ । यसका बाबजुद एफसीटी यस मामिलामा थप अनुसन्धान गर्न चाहान्छ । यो समितिले आफ्नो अनुसन्धानमा सम्झौता उल्लंघन गरेको पाएमा फेसबुकमाथि ठूलो जरिवाना लगाउने सक्ने छ ।
सम्झौताअनुसार जति दिनसम्म सम्झौता उल्लंघन भएको छ, त्यही हिसाबले प्रतिदिन ४० हजार अमेरिकी डलर व जरिवाना फेसबुकले तिर्नुपर्ने छ । यतिमात्र होइन, यो जरिवाना प्रत्येक प्रयोगकर्तासँगै बढ्दै जाने छ । अमेरिकाको मात्रै कुरा गर्ने हो भने त्यहाँ ८ करोड फेसबुक प्रयोगकर्ता छन् । यस हिसाबले फेसबुकमाथि ३ सय करोड अमेरिकी डलरको जरिवाना हुन सक्छ ।
यद्यपि, यस्तो हुने सम्भावना भने कम नै छ । किनकि, एफसीटीको नियत कुनै अमेरिकी कम्पनीलाई बिगार्नुमा केन्द्रित देखिँदैन । ऊ सिर्फ कम्पनीलाई गलत काम रोक्न चेतावनी दिन चाहान्छ ।
फेसबुकसँग सामाजिक सञ्जालको असीम शक्ति रहेको कुरामा केही मुलुक सहमत छन् । तर, प्रतिद्वन्द्वी र शत्रु पनि निकै छन् । स्वयं मार्क जुकरबर्गले अमेरिकी सिनेटमा भनेका थिए कि उनीसामु धेरै प्रतिद्वन्द्वी छन् । तर, उनले प्रतिद्वन्द्वीको नाम भने भनेनन् ।
फेरि सोशल मिडियामा फेसबुकसामु कुनै दोस्रो कम्पनी टिकेको पाइँदैन पनि । फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामलाई समेत आफ्नो स्वामित्वमा लिइसकेको छ । कुनै दोस्रो कम्पनी सोशल मिडियामा उदाउन थाल्यो भने फेसबुकले त्यसलाई किन्दिने गरेको छ ।
न्यू स्टेट्सम्यान पत्रिकाका अनुसार फेसबुकले आफ्नो कम्पनीलाई अलल–अलग भागमा बाँड्न सक्छ । खासगरी फेसबुकले आफ्ना विशेषज्ञको निगरानीमा चार भागमा आफ्नो कम्पनीलाई बाँड्न सक्छ ।
१. फेसबुक– प्रमुख शोसल मिडिया प्लेटफर्म
२. ह्वट्सएप
३. इन्स्टाग्राम
४. फेसबुक म्यासेन्जर
अमेरिकी सिनेटमा मार्क जुकरबर्गको सुनुवाइका क्रममा सिनेटर जोन क्यानेडीले जुकरबर्गसँग भनेका थिए, ‘फेसबुकमाथि प्रतिबन्ध लगाउने पक्षमा म छैन तर यस खालको गडबडी देखियो भने प्रतिबन्ध लगाउनु बाध्यता हुन्छ ।’
फेसबुकमाथि केही नियम लगाउनुपर्नेमा अमेरिकाका धेरैजसो मानिसहरु सहमत छन् । फेसबुकले पनि आफ्ना लागि तय गरिएका नियम मान्न तयार रहेको बताउँदै आएको छ । यस अर्थमा पनि फेसबुकमाथि केही नियम लाग्ने अनुमान गर्न सकिन्छ । यो प्रतिबन्धजस्तै हुन्छ । यसबारे डेमोक्रेटिक सांसद मार्क वार्नर भन्छन्, ‘फेसबुकले डाटा पोर्टेबिलिटी सुरु गरे हुन्छ, यसको मतलब यो हो कि सामाजिक सञ्जाल प्रयोगकर्ता आफ्नो सहूलियतअनुसार एक सेवामार्फत अर्को सेवामा जान सकुन् ।’
यसबाहेक फेसबुकले आफ्ना युजर्सका डाटा कहाँ र कोसँग बाँडिरहेको छ भन्ने जानकारी पनि माग हुन सक्ने छ । यसखालका नियम फेसबुकका लागि मात्रै नभएर ती सबै प्लेटफर्ममाथि लागू हुन सक्छ जो मासिनहरुका निजी डाटा राख्छन्, यसमा गूगल पनि पर्छ ।
मानिसले फेसबुक बन्द गर्न सक्छन्
फेसबुक संसारभर लगातार आफ्नो प्रभाव फैलाइरहेको छ । तर, जुन देशमा उसँग जोडिएका गडबडी सामुन्ने आएका छन् ती देशमा फेसबुक सीमित हुने खतरा छ । अमेरिकाकै कुरा गर्दा पनि केही महिनायता फेसबुक चलाउनेको संख्या बढ्न सकेको छैन । यूरोपमा त प्रयोगकर्ताको संख्या घटेको छ । यो आँकडा अझै खराब हुन सक्ने आशंका छ । संसारका धेरै मानिसले बताएका छन् कि उनीहरु आफ्नो फेसबुक अकाउन्ट डिलीट गरिरहेका छन् । यतिमात्रै होइन, यी मानिस आफ्ना आफन्त र साथीभाइलाई पनि फेसबुक अकाउन्ट डिलीट गर्न आह्वान गरिरहेका छन् ।
पछिल्लो वर्ष फेसबुकमा डाटा चोरी भएकोसम्बन्धी विवाद बाहिरिएपछि क्याम्ब्रिज यूनिभर्सिटीले अप्रिलमा करिब १००० फेसबुक प्रयोगकर्तालाई एकसाथ सर्वे गरेको थियो । त्यस क्रममा ३१ प्रतिशतमा मानिसले भनेका थिए कि अब उनीहरु फेसबुक कम प्रयोग गर्ने छन् ।
यी र यस्ता गडबडीले फेसबुकलाई निकै अप्ठेरोमा पार्ने देखिएको छ । हेरौं, अब के हुन्छ…..
प्रकाशित समय १६:३४ बजे

















