गृहपृष्ठ दृष्टिविहीन विद्यार्थीलाई एनड्रोइड मोबाइल

दृष्टिविहीन विद्यार्थीलाई एनड्रोइड मोबाइल

काठमाडौं । अपांगता भएको व्यक्तिको शैक्षिक अधिकार प्रवद्र्धनका लागि एड्राड नेपालले दृष्टिविहीन विद्यार्थीहरुलाई ‘एनड्रोइड मोबाइल’ वितरण गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्रियाशील नेपालले शनिबार आयोजना गरेको ‘दृष्टिविहीन विद्यार्थीको पढाइ क्षमता अभिवृद्धि प्रविधिकरण र एनड्रोइड मोबाइल वितरण’ कार्यक्रममा १० जना दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गरेको हो ।
मोबाइलमा दृष्टिविहीन विद्यार्थीले पुस्तक डाउनलोड गरेर अध्ययन गर्न सक्नेछन् । यसअघि सो संस्थाले विभिन्न जिल्लाका करीब ५ सय ५० दृष्टिविहीन विद्यार्थीलाई एनड्रोइड मोबाइल वितरण गरिसकेको जनाएको छ । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला विभागकी शाखा अधिकृत निरा अधिकारी र कामपा सामाजिक विकास विभागका विभागीय प्रमुख नूरनिधि न्यौपानेले मोबाइल वितरण गर्दै दृष्टिविहीन विधार्थीको शिक्षामा सहज पहुँच पु¥याउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त बताए ।
राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बञ्जाडे र रोटरी क्लब अफ जावलाखेलका सहसचिव तिलक तिवारीले अपांगताको क्षेत्रमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संयुक्तरुपमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।
एड्राड नेपालका अध्यक्ष डा.वीरेन्द्रराज पोखरेलले शिक्षामा पहुँच बढाउनका लागि क्रियाशील नेपालले गाउँगाउँका दृष्टिविहीन विद्यार्थीलाई मोबाइल वितरण गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु