गृहपृष्ठ वेलायतको एनपिएसका उत्पादन नेपाली बजारमा

वेलायतको एनपिएसका उत्पादन नेपाली बजारमा

काठमाडौं । बेलायतको लोकप्रिय ब्राण्ड एनपिएसका उत्पादनको नेपाली बजारमा बिक्री सुरु गरिएको छ । विश्व ज्योति मलमा रहेको सुप्रिम फेशनमा एनपिएसका उत्पादन राखिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शनिबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन । कार्यक्रममा उनले विदेशी ब्रान्डका सामान मुलुकभित्रै पाउनु सुखद भएको बताउँदै बेलायतमा उत्पादन गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाईँमा पर्ने विश्वास व्यक्त गरे । उनले विदेशी ब्राण्डका शोरुम नेपालमै खुलेमा सपिङकै लागि विदेश जाने परम्परा अन्त्य हुनेमा जोड दिए । बेलायतमै उत्पादन भएको सामान बिक्री गर्ने यो पहिलो शोरुम हो । १ सय ३० वर्ष अघि हस्तनिर्मित उत्पादन सुरु गरेको उद्योगमा अहिले अत्याधुनिक प्रविधि प्रयोग गरेर सामान उत्पादन गर्दैै आएको छ । एनपिएसका उत्पादन विश्वका चर्चित सेलिब्रेटीले लगाउँदै आएका छन ।
सुप्रिम फेसन इन्टरनेसनलकी सञ्चालक अनुराधा श्रेष्ठले त्यस्ता सामान बेलायतबाट सिधै आयात गरेर बिक्री गरिने बताउछिन । सन् १८८१ देखि बेलायमा उत्पादन सुरु गरी ख्याती कमाएको एनपीएस कम्पनीका आकर्षक जुत्ता, युल ब्रान्डका जुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनी काइको लक्जरी लेदर बेल्ट, ओवन वेरी ब्रान्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचप्पल लगायत सामान नेपालमा उपलब्ध रहेका छन ।
उदघाटनको अवसरमा एक सातासम्म विभिन्न सामानमा १० प्रतिशत छुट दिने श्रेष्ठ बताईन । कम्पनीका अनुसार बच्चाको जुत्ता तीन हजार रुपैयाँ देखि सुरु हुने छ । जेन्ट्स जुत्ताको मूल्य १० हजार रुपैयाँ देखि २९ हजार रुपैयाँ सम्मको रहेको छ । जेन्ट्स ब्याग १२ हजार रुपैयाँ देखि ३० हजार रुपैयाँसम्म पर्ने पनि उनले बताइन ।
लेडिज जुत्ता १० हजार रुपैयाँबाट सुरु हुने र २५ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनायो।कम्पनीका अनुसार लेडिज ब्याग १२ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मको पाइन्छ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु