गृहपृष्ठ पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य काम

पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य काम

rabindra-newskarobar

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बर्षदिनको अवधिमा १२ भन्दाबढी महत्वपूर्ण काम गरेका छन् । शालीन तथा भद्र व्यक्तित्वका जुझारु नेताको छवि बनाएका उनले वर्तमान मन्त्रीपरिषद्मा देखिने गरि काम गरेका थिए ।

सांसद, विकास समितिको सभापति हुँदै मन्त्रीको जिम्मेवारी सम्हालेका उनले छोटो समयमै विमानस्थल निर्माण, सुधारदेखि पर्यटन भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । उनी ताप्लेजुङको चौहानडाँडामा विमानस्थल बनाउने उदेश्यका साथ निरीक्षणका लागि पुगेका थिए । मन्त्री अधिकारीले सो चौहानडाँडाको अवलोकन त गरे तर विमानस्थल आफैले निर्माण गर्ने सपना अधुरै राखेर हेलिकोप्टर दुर्घटनामा परी अस्ताए ।

मन्त्री भएपछि अधिकारीका मुख्य उपलब्धि
१. अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम तीब्र
रवीन्द्र अधिकारी मन्त्री भएपछि गरेका महत्वपस्र्ण काममध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीब्रता प्रमुख हो । उनले राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा देखिएका समस्याको निराकरण गरे ।

२. पर्यटक भित्र्याउन सफल
मन्त्री अधिकारीकै कार्यकालमा नेपालमा सर्वाधिक पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आएका छन् । जुन यसअघिको वर्ष भन्दा निकै धेरै हो ।

३. भ्रमण वर्षको आधार तयार
छोटो समयमै मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को आधार तयार परे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउँन उनको ठूलो भूमिका रहेको चर्चा हुनेछ ।

४. मन्टियल सन्धि कार्यान्वयनमा
अधिकारीले संसद्बाट मन्टियल सन्धि पास गराए । लगत्तै कार्यान्वयनमा पनि ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुगेको छ ।

५. त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन
मन्त्री भएलगतै मन्त्री अधिकारीले घोषणा गरेका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटनाउन सञ्चालन समय बढाउने । केही समयपछि उनले सो घोाषणा पूरा गरिछाडे । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले २१ घन्टा सञ्चालनमा छ । त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन उनको योगदान सम्झनलायक छ ।

६. स्थानीय विनमास्थलमा रात्रिकालीन उडान
कार्यकालमा अधिकारीले थुप्रै स्थानीय विमानस्थलको सुधार तथा स्तरोन्नति गरेका छन् । धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान थालिएको छ । नेपाली वायु सेवा कम्पनीले रात्रिकालीन विमान उपत्यका बाहिर राख्न मिल्ने गरि काम गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।

७. चौहानडाँडा विमानस्थलको योजना
तेह्रथुममा विमानस्थल बनाउने योजनाका साथ मन्त्री अधिकारी चौहानडाँडामा अध्ययनका लागी गएका थिए । मन्त्री अधिकारीले तेह्रथुमको चौहानडाँडामा १० मिनेट लामो सम्बोधन गर्दै भनेका थिए प्रधानमन्त्रीज्यूको चाहनाबमोजिम नै विमानस्थल निर्माणका लागि अनुगमन गर्न आएको हुँ । यो पाखोमा दुई वर्षपछि विमानस्थल बन्छ, अनि यहीँबाट जहाज चढ्नुहोला । स्वर्गीय मन्त्री अधिकारीले यस विषयमा योजना बनाए पनि विमानस्थलको निर्माण पूरा गर्ने योजनाभने अधुरै छ ।

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु