गृहपृष्ठ वसन्तपुरमा सामूहिक बेल विवाह (फोटोफिचर)

वसन्तपुरमा सामूहिक बेल विवाह (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा सामूहिक बेल विवाह गरिएको छ । नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु