गृहपृष्ठ पशुपतिमा शिवरात्रि पर्वको तयारी (फोटो फिचर)

पशुपतिमा शिवरात्रि पर्वको तयारी (फोटो फिचर)

१११ सदस्यीय मूल समित र ११ उपसमिति गठन

यही फागुन ९ गते परेको यस वर्षको शिवरात्रि पर्वलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले विगतमा जस्तै यस वर्ष पनि व्यापक तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा १११ सदस्यीय ‘महाशिवरात्रि व्यवस्था मूल समिति’ गठन भएको छ । शिवरात्रि मेलालाई व्यवस्थित बनाउन विभिन्न ११ उपसमिति गठन गरिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कोषले जानकारी गराएको छ ।

सशस्त्र र जनपद प्रहरीले मेलाको सुरक्षा व्यवस्था अनुगमन गर्नेछ । मुख्य क्षेत्रबाहिर करिब ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । शिवरात्रि अवधिमा स्वास्थ्य शिविरसमेत सञ्चालन हुने कोषले जानकारी गराएको छ । कोषका अनुसार पशुपतिनाथ दर्शन गर्न भक्तजनहरुका लागि विभिन्न रुट बनाइएको छ । आसपासका पाँच स्थानमा पार्किङ क्षेत्र तोकिएको कोषले जनाएको छ ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु