गृहपृष्ठ वसन्त आयो, फूल मुस्कुरायो (फोटो फिचर)
वसन्त आयो, फूल मुस्कुरायो (फोटो फिचर)
वसन्त ऋतु आएपछि फूल फुल्छ कि, फूल फुलेपछि वसन्त ऋतु आउँछ ? वसन्त जति प्रिय छ, फूल पनि उति नै । एक अर्काका पर्याय बनेका यी दुई वसन्त र फूल एकसाथ आउँछन् । अनि माया लगाएर, मानिसको मन बहलाएर जान्छन् ।
फूल फुलाउँदै फेरि वसन्त आइपुगेको छ अथवा फूल फुलेपछि वसन्त आएको छ । जे होस्, प्रेमिल वातावरण बनेको छ । घरआँगन, सडक किनार र वनजंगलमा फुलेका फूलहरुले हरेकको मन छोएको छ । ढकमक्कै फुलेका फूलहरुको दृश्यले कसको पो मन रोमाञ्चित नहोला र ! हेर्नुस्, काठमाडौंको रत्नमार्कमा लिइएका यी तस्बिर :







प्रकाशित समय १५:३८ बजे

















