गृहपृष्ठ नयाँ वर्षलाई शंखपार्कको स्वागत (फोटो फिचर)

नयाँ वर्षलाई शंखपार्कको स्वागत (फोटो फिचर)

काठमाडौंको शंकपार्कमा ढकमक्क फुलेका फूल, २०७६ सालको अन्तिम दृश्य । तस्बिरहरू हेर्दा लाग्छ, नयाँ वर्षलाई शंखपार्कले स्वागत गरिरहेको छ, राजधानीबासीको स्वागतको प्रतीक्षामा छ शंकपार्क । तर, विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण घरभित्रै बस्न बाध्य काठमाडौंबासी यतिखेर शंकपार्क पुग्न सक्दैनन् ।

दिउँसो १ बजेतिर पार्कमा पुग्दा महानगरपालिकाका कर्मचारी फूल तथा बिरुवामा पानी लगाउँदै थिए । नगरपालिकाका शाखा अधिकृत हरिशरण केसी पनि सँगै थिए । शंकपार्कको मर्मतसम्भार महानगरपालिकाले नै गरेकाले वडा नम्बर ४ ले संरक्षणमात्र गर्ने र बाँकी कुरा थाहा नभएको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले शंकपार्क सजाउन करिब अढाइ करोड लगानी गरिसकेको छ । त्यसबाहेरक करिब ५० लाख खर्च गरेर सत्तल बनाउन लागिएको वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टले जानकारी दिए । ‘बर्सेनि लगातार ३० लाख रुपैयाँ बजेट छुट्याएर मर्मतसम्भार गरिसक्ने तयारी छ,’ उनले भने ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु