गृहपृष्ठ पाक्यो धान (फोटो फिचर)
पाक्यो धान (फोटो फिचर)
झापाको कनकाई नगरपालिका १, सुरुंगामा धान काट्दै कृषक । नेपालकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला झापालगायत देशभरका कृषक अहिले धान भित्र्याउन व्यस्त छन् । चाडबाडको समयमा फुर्सद निकालेर उनीहरू वर्षभर खाने अन्न थन्क्याइरहेका छन् । विगत वर्षहरुमा बिटा बाँधेर झार्ने कृषक अहिले प्रविधि भित्रिएसँगै थ्रेसर लगाएर धान झार्ने गर्छन् ।
तस्बिर : न्युज कारोबार
प्रकाशित समय १२:१९ बजे




























