गृहपृष्ठ रानीपोखरीमा पाँच वर्षपछि भाइटीका (फोटो फिचर)
रानीपोखरीमा पाँच वर्षपछि भाइटीका (फोटो फिचर)
रानीपोखरीमा पाँच वर्षपछि भाइटीका लगाइँदै । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा भत्किएको रानीपोखरीको बीच भागमा रहेको बाल गोपालेश्वर मन्दिर पुनर्निर्माणमा ढिलाइ हुँदा त्यसपछिका पाँच वर्ष पोखरीको डिलमै पाल टाँगेर भाइटीका लगाउने गरिएको थियो । एक महिनाअघि मन्दिर पुनर्निर्माण सम्पन्न भएसँगै यसपटक दाजुभाइ नहुनेहरूले मन्दिर गएर दिदीबहिनीका हातबाट टीका लगाएका हुन् । बालगोपालेश्वर मन्दिरको दर्शन हरेक वर्ष भाइटीकाको दिनमात्र गर्न पाइन्छ ।
तस्बिर : न्युज कारोबार
प्रकाशित समय १२:४५ बजे

































