गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैँकमा गाभियो सिटी एक्सप्रेस फाइनान्स

नेपाल इन्भेस्टमेन्ट बैँकमा गाभियो सिटी एक्सप्रेस फाइनान्स

सिटी एक्सप्रेस फाइनान्सलाई गाभेर नेपाल इन्भेस्टमेन्ट बैँकले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबार सुरु भएसँगै काठमाडौँको घण्टाघर, झापाको बिर्तामोड र उदयपुरको गाईघाट शाखाबाट नेपाल इन्भेस्टमेन्ट बैँकको नामबाट औपचारिक कारोबार सुरु भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैँकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैँकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैँक अफ द ईयर’ अवार्ड पाइसकेको यो बैँक अन्तर्राष्ट्रिय प्रकाशन- युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी- नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु