गृहपृष्ठ शान्तिवाटिकामा कांग्रेसको विरोध सभा (७ तस्बिरमा हेर्नुहोस्)
शान्तिवाटिकामा कांग्रेसको विरोध सभा (७ तस्बिरमा हेर्नुहोस्)
सहिद दिवसको अवसर पारेर काठमाडौँको शान्तिवाटिकामा नेपाली कांग्रेसले गरेको विरोध सभा । संविधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा छ । यद्यपि, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिरहँदा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइरालाहरू चुनावको रटान पनि लगाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू डा. मीनेन्द्र रिजाल, गगन थापाहरू भने प्रधानमन्त्रीको असंवैधानिक कदमलाई स्वागत गर्दै चुनावमा जान नहुने बताइरहेका छन् । कांग्रेसले संविधानको रक्षार्थ आन्दोलन गर्नुपर्ने दबाब चौतर्फी बढेपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रकाशित समय १७:०५ बजे























