गृहपृष्ठ ११ बुँदे सहमतिपछि सिके राउतले भने, ‘हामी बुद्धका सन्तान हौं’
११ बुँदे सहमतिपछि सिके राउतले भने, ‘हामी बुद्धका सन्तान हौं’
स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आजको दिन ऐतिहासिक भएको बताएका छन् । राष्ट्रियसभा गृहमा सरकारसँग ११ बुँदे सहमतिपछि सम्बोधन गर्दै उनले आजको दिन ऐतिहासिक भएको बताएका हुन् । उनले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् ।
उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको बताए । ११ बुँदे सहमति जनताका लागि खुसीको कुरा भएको राउतले बताए । हिंसात्मक गतिविधिमा नलाग्न अन्य पक्षलाई समेत उनले आह्वान गरे ।
‘हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने समय होइन, देशको विकास हासिल गर्ने बेला हो’ उनले भने । उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुबै पक्ष तयार भएकाले सहमति भएको बताए । उनले प्रधानमन्त्री ओलीको प्रशंसा समेत गरे । यसअघि गृहमन्त्री रामबहादुर थापा र राउतले ११ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय १४:४० बजे

















