गृहपृष्ठ राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ : विष्णु पौडेल

राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ : विष्णु पौडेल

bishnu-poudel फइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै महासचिव पौडेलले राउतसँग भएको सहमतिले विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको दावी गरे ।

‘राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ,’ पौडेलले भने, ‘अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ ।’

उनले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । ‘राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन्,’ उनले शुक्रबार भएको सहमतिको स्मरण गर्दै भने ।

उनले ‘छुटै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए । ‘नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन,’ पौडेलले भने, ‘सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।’

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु