गृहपृष्ठ पार्टीका नेताहरूलाई रिमालको व्यंग्य- उहाँहरूको जम्नअघि मुलुक कसरी जोगिएछ ?

पार्टीका नेताहरूलाई रिमालको व्यंग्य- उहाँहरूको जम्नअघि मुलुक कसरी जोगिएछ ?

bishnu-rimal

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले डा. सिके राउतसँग सरकारले गरेको सहमतिको समर्थन गर्दै आफ्नै पार्टीका नेताहरप्रति व्यंग्य गरेका छन् ।

bishnu_rimal_tweet

भीम रावल भन्छन्- देशको हितमा बोल्दा टाउको दुखे देशभक्तिको चक्की खानु

रिमालले व्यंग्यात्मक पारामा ट्वीटरमा कविता लेख्दै भनेका छन्- ‘उहॉहरू’को जन्म अघि यो मुलुक कसरी जोगिए छ ?!’

राउतसँग भएको सहमतिलाई लिएर नेकपामा तीव्र मतभेद देखिएको छ । अर्का स्थायी समिति सदस्य भीम रावलले सहमतिको विरोध गरिरहँदा रिमालले भने त्यसको समर्थन गरेका छन् ।

‘सहमतिमा नेताहरुले गल्ती नै गरेको भए पनि केही चिन्ता छैन,’ रिमालले भनेका छन्, ‘किनकि यहाँ देश बचाउने एक से एक नेता छन् ।’

 

 

यस्तो छ रिमालले लेखेको कविता

‘नेताहरू —
झुक्किए
, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन- हामी धन्य छौं
मुलुक जोगाउने ‘एक-से-एक उहॉ’हरू हुनुहुन्छ ।

 

आङ्  सिरिङ्ग हुन्छ
, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’को जन्म अघि
यो मुलुक कसरी जोगिए छ?!’

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु