गृहपृष्ठ सरकारले राष्ट्रिय अखण्डतामाथि प्रहार गर्योे : पौडेल

सरकारले राष्ट्रिय अखण्डतामाथि प्रहार गर्योे : पौडेल

ramchandra_newskarobar

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतमथि नै प्रहार गरेको आरोप लगाएका छन् । सिके राउतसँग सरकारले सम्झौता गरेर राष्ट्रिय अखण्डतमथि सरकारले प्रहार गरेको आरोप लगाएका हुन् । नेता पौडेलले जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप लगाए । ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ’ उनले भने ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राष्ट्रिय अखण्डतामाथि कुनैपनि आशंका हुन नुहने बताए । सरकारले वाइडवडी काण्डलाई लुकाउन खोजेको टिप्पणी गरे । तत्कालीन पर्यटन मन्त्री राविन्द्र अधिकारी निर्दाेश रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईबाट प्रष्ट भएको उनको भनाइ थियो ।

उनले देशमा भ्रष्टाचार मैलाउदै गएको भन्दै सुनकाण्डदेखि लिएर चिनी काण्ड सम्म सरकार असफल भएको अरोप लगाए । निर्मला पन्त हत्यामा सरकार असफल भएको समेत बताए । विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न नेता पौडेलले सरकारलाई आग्रह गरे ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु