गृहपृष्ठ सरकारबाट बाहिरिने सोच छैन : उपप्रधानमन्त्री यादव
सरकारबाट बाहिरिने सोच छैन : उपप्रधानमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारबाट नबाहिरिने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग मन्त्री यादवले तत्काल सरकारबाट नबाहिरिने बताएका हुन् ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले सरकारमै रहेर काम गर्ने बताए ।
राजपा नेपाल केन्द्र सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए । विप्लव समूहको अराजक गतिविधिलाई रोक लगाउनु सरकारको कर्तव्य भएको उनको भनाइ छ । उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पारे ।
प्रकाशित समय १५:३२ बजे

















