गृहपृष्ठ पार्टीको बद्नाम गराउनेको नाम पठाउन जिल्ला कार्यसमितिलाई कांग्रेसको पत्राचार

पार्टीको बद्नाम गराउनेको नाम पठाउन जिल्ला कार्यसमितिलाई कांग्रेसको पत्राचार

चैत १२ गते बसेको केन्द्रीय अनुशासन समितिको प्रथम बैठकको निर्णयअनुसार पार्टीहित विपरितका गतिविधि गर्ने सदस्यलाई कारबाहीका लागि ‘नेमलिस्ट’ पठाउन जिल्ला कार्यसमितिलाई कांग्रेसले पत्राचार गरेको छ । उक्त बैठकले चैत मसान्तभित्र परेको उजुरीउपर कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको दोश्रो बैठकले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको संयोजक भिस्मराज आङ्दाम्बेले जानकारी दिए ।

बैठकले कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि संकलनका लागि पत्राचार गर्ने निर्णय गरेको संयोजक आङ्दाम्बेले बताए ।

पार्टी केन्द्रीय कार्यसमितिले चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु