गृहपृष्ठ कास्कीमा विप्लव समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्कीमा विप्लव समूहका १८ नेता कार्यकर्ता पक्राउ

pakrau-arrest-newskarobar

कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन् । कास्की प्रहरीले शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता छन् । सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै अपरसन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरूलाई गिरफ्तार गरेको बताइएको छ ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु