गृहपृष्ठ प्रधानमन्त्रीलाई विमानस्थलमा कालो झन्डा
प्रधानमन्त्रीलाई विमानस्थलमा कालो झन्डा
युरोप भ्रमणबाट आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झन्डा देखाइएको छ । प्रहरीले कालो झन्डा देखाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुईजना कार्यकर्ता पक्राउ गरेको छ ।
कालो झन्डा देखाउने तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलमा कालो झन्डा देखाउने क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित समय १२:०९ बजे

















