गृहपृष्ठ कांग्रेसले सदनमा अमर्यादित व्यवहार देखायो : प्रधानमन्त्री

कांग्रेसले सदनमा अमर्यादित व्यवहार देखायो : प्रधानमन्त्री

kp-oli-pm-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् । सदनमा सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलगन गरेका प्रधानमन्त्री ओलीले भने, ‘संसदमा सम्बोधन गर्न खोज्दा, कुरा राख्न खोज्दा अवरोध गर्नु आश्चर्य लाग्दो भयो ।’

प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको बताए । ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ,’ उनले भने, ‘घोर दक्षिणदेखि घोर वामपन्थीसमेत एकजुट भएका छन् ।’

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु