गृहपृष्ठ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दै छ । बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल एवं नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतबाट निर्वाध आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले शुक्रबार भारतबाट भित्रिने तरकारी तथा फलफूलमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने बताएपछि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
प्रकाशित समय ११:०३ बजे

















