गृहपृष्ठ नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा उपनिर्वाचनको समिक्षालगायतका विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।

बिहीबार दिउँसो बस्ने बैठकमा विभिन्न उपनिर्वाचनको समिक्षाको लागि आज बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ ।

भोली बिहीबार केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका बारेमा छलफलका लागि दिउँसो ३ बजे सानेपामा पदाधिकारी बैठक बोलाइएको छ ।

भोली हुने बस्ने केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको प्रतिवेदन पेस गर्ने, केही विभाग थप गर्ने, नेविसंघ गठन, नेपाल तरुण दलको कार्यकाल थप, चुनावी समीक्षासँगै सीमा विवादका एजेण्डाहरुको विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु