गृहपृष्ठ देउवा कड्किए- चुनाव हारेकाहरुले भेला गरे के हुन्छ ?
देउवा कड्किए- चुनाव हारेकाहरुले भेला गरे के हुन्छ ?
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आएका ५२ जिल्ला सभापतिहरुले पार्टी सभापति देउवासँग भेट गरेका छन् । बिहीबार भएको भेटमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग भएको पटक-पटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि पुस ११ को निर्णय गरेको बताए ।
सभापति देउवाले जिल्ला सभापतिहरुलाई तपाईंहरुसँग चुनाव हारेकाहरुले भेला गरे के हुन्छ ? भनेर प्रश्न गरेका थिए । देउवाले महाधिवेशनको मिति भने परिर्वतन नहुने प्रष्ट पारेका छन् । अरु विषयमा छलफल गर्न आफू तयार रहेको उनले बताएका छन् । भेटमा जिल्ला सभापतिहरूले पार्टी सभापतिलाई ‘जिल्ला सभापतिहरूको परामर्श पत्र’ बुझाएका थिए ।
पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एकपक्षीय सभापतिहरुले भेला गरेकोप्रति असन्तुष्टि जनाएको भेटमा सहभागी एक जिल्ला सभापतिले बताए । सभापतिहरुले पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको जवाफ दिएका थिए ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् । सो अवसरमा उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएको सहमति प्रयासबारे जानकारी गराएका थिए । अर्का उपसभापति विजयकुमार गच्छदारले जिल्ला सभापतिहरुको जायज माग सम्बोधन हुने आश्वासन दिएका छन् ।
पुस ११ को केन्द्रीय समिति बैठकको निर्णयअनुसार १४औँ केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थपसमेत गरेको छ ।
हाल विधानमा कायम २८ केन्द्रीय विभागको संख्यालाई बढाएर ४७ पुर्याउने र नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयसमेत सोही बैठकबाट गरिएको छ ।
जिल्ला सभापतिहरूको परामर्श पत्र :

प्रकाशित समय १६:४९ बजे

















