गृहपृष्ठ सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

फाइल तस्बिर

नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटलाई तत्काल बर्खास्त गरी अनुसन्धान अघि बढाउन माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा कमिसनका लागि बार्गेनिङ भइरहेको अडियो सार्वजनिक भएपछि कांग्रेसले मन्त्री बाँस्कोटलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन कांग्रेसले प्रधानमन्त्रीसँग अग्रह गरेको छ ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु