गृहपृष्ठ ‘विप्लव’ नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ
‘विप्लव’ नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रशासन विभाग प्रमुख रहेका अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले उनलाई पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
विरही विप्लव नेतृत्वको नेकपाका पोलिटब्युराे सदस्य सदस्यसमेत हुन् । उनलाई काठमाडौं ल्याउने वा चितवनमै मुद्दा चलाउने भन्ने विषयमा निर्णय भइनसकेको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित समय १४:३७ बजे

















