गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने तय
नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने तय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि बुधबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको थियो । बैठकको माग गर्दै २० स्थायी कमिटी सदस्यले अधयक्षद्वयलाई पत्र बुझाएका थिए ।
यसअघि आनाकानी गर्दै आएका अध्यक्ष ओली पार्टीभित्र चर्को दबाब बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको छ । गत वैशाख २५ गते बसेको स्थायी कमिटी बैठक बीचैमा स्थगित भएको थियो ।
त्यसपछि पनि ओलीलाई बैठक बोलाउन थप बढ्दै गएपछि अन्ततः बुधबारका लागि बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्नेछ ।
प्रकाशित समय १५:०० बजे

















