गृहपृष्ठ भोलिदेखि स्वतः पदमुक्त हुँदै गरेका अर्थमन्त्रीले आजै राजीनामा दिने
भोलिदेखि स्वतः पदमुक्त हुँदै गरेका अर्थमन्त्रीले आजै राजीनामा दिने
भदौ २० गतेदेखि राष्ट्रिय सभा सदस्यबाट स्वतः पदमुक्त हुन लागेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले ‘आजै साँझ’ राजीनामा दिने बताएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा सुनाएपछि खतिवडाले आजै राजीनामा दिने बताएका हुन् । राष्ट्रिय सभाको एक सिटमा गौतमलाई सिफारिस गरेसँगै खतिवडा स्वतः भोलिदेखि पदमुक्त हुन्छन् ।
यो पनि पढ्नुहोस्
खतिवडानोमिक्स : आशा ठूलो, उपलब्धि कमजोर
प्रकाशित समय १५:०३ बजे

















