गृहपृष्ठ मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न ओली-प्रचण्ड भेटवार्ता
मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न ओली-प्रचण्ड भेटवार्ता
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा मुख्य गरेर मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल हुने बताइएकाे छ ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा केही दिनयता पटक-पटक छलफल भए पनि अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन । स्थायी कमिटी बैठकको निर्णयका आधारमा पुरै टिम हटाएर नयाँ टोली पठाउनु पर्ने प्रचण्डको माग छ ।
सुरूमा तीनजना मात्र मन्त्री थप्ने प्रधानमन्त्री ओलीको अडान थियो । अहिले भने प्रचण्डकाे प्रस्तावमा असहमत देखिएका छन् ।
प्रकाशित समय १३:१२ बजे

















