गृहपृष्ठ ओली-प्रचण्ड भेट : ‘कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव’बारे छलफल
ओली-प्रचण्ड भेट : ‘कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव’बारे छलफल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएको विषयमा छलफल भएको बताइएकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । कर्णाली प्रदेश सरकारविरुद्ध पार्टीकै सांसदले दर्ता गराएको अविश्वासको प्रस्तावपछि उत्पन्न समस्या समाधानका विषयमा दुई अध्यक्षबीच छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
आइतबारमात्रै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै प्रदेश सांसद यमलाल कँडेल नेतृत्वमा १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रकाशित समय १३:१५ बजे

















