गृहपृष्ठ नेकपा सचिवालय बैठक आज : ओलीले पनि राजनीतिक प्रस्ताव पेश गर्दै

नेकपा सचिवालय बैठक आज : ओलीले पनि राजनीतिक प्रस्ताव पेश गर्दै

nekapa-building_newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि अर्को राजनीतिक प्रस्ताव पेश गर्ने तयारीमा छन् ।

कात्तिक २८ गते प्रचण्डसहित सचिवालयका बहुमत सदस्यको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको जवाफ दिन आफूलाई १० दिनको समय चाहिने ओलीले बताएपछि मंसिर ३ गते बसेको सचिवलाय बैठक आजसम्मका लागि स्थगित भएको थियो । ओलीले आफूमाथिका आरोप प्रमाणित भए आफूले पद छाड्ने र आरोप प्रमाणित नभएमा प्रचण्डले पद छाड्नुपर्ने बताएका थिए ।

३ गतेको सचिवालय बैठकमा प्रचण्डले पनि आफूले पेश गरेको प्रस्ताव पारित भएमा पार्टीको आधिकारीक प्रतिवेदन हुने र त्यसलाई मान्नुपर्ने तथा ओलीको प्रस्ताव पास भएमा आफू त्यसलाई मानेर जान तयार रहेको बताएका थिए ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु