गृहपृष्ठ ‘पाखा लागिसकेको राजतन्त्र फर्काउने सपना पूरा हुँदैन’

‘पाखा लागिसकेको राजतन्त्र फर्काउने सपना पूरा हुँदैन’

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको संघर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन् ।

पार्टी कार्यक्रमका लागि लहान पुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल सुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए । उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि गराएका छन् ।

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु