गृहपृष्ठ सरकारविरूद्ध देशव्यापी प्रदर्शन हुनुअघि संवैधानिक परिषद्को बैठक राख्नु संशयपूर्ण : कांग्रेस

सरकारविरूद्ध देशव्यापी प्रदर्शन हुनुअघि संवैधानिक परिषद्को बैठक राख्नु संशयपूर्ण : कांग्रेस

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले परिषदको बैठक भोलि आइतबार बिहान ९ बजे बोलाएका छन् ।

कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्न लागेको बेला बैठक राखेकाले संशय उत्पन्न भएको कांग्रेस नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीले शुक्रबार कांग्रेस सभापति देउवासँग भेट गरेका थिए । कांग्रेसको विरोध प्रदर्शन तय भएको बेला बैठक राख्नु उचित नभएको पनि कांग्रेसका नेताहरुले बताएका छन् ।

प्रकाशित समय १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु