गृहपृष्ठ कामचलाउ सरकारले थप्यो ८ मन्त्री र १ राज्यमन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
कामचलाउ सरकारले थप्यो ८ मन्त्री र १ राज्यमन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
संसद विघटन र चुनाव घोषणा गरेर कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले ८ मन्त्री र १ राज्यमन्त्री थपेको छ । संसद विघटन गरेपछि असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा ओलीले शुक्रबार मन्त्रीहरू नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका थिए ।
टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् । अन्य मन्त्रीको सपथ बाँकी नै छ ।
नयाँ मन्त्रीमा टोपबहादुर रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्रभु साहले सहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रकाशित समय २०:३८ बजे

















