गृहपृष्ठ कमल थापा भन्छन् : प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस्

कमल थापा भन्छन् : प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस्

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भन्ने टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्वीट गर्दै उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु । तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस् । मेरो शुभकामना ।’

 

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु