गृहपृष्ठ प्रधानमन्त्री ओली स्वतः कामचलाउ : नेपाल
प्रधानमन्त्री ओली स्वतः कामचलाउ : नेपाल
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका हालै चयन गरिएका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओली स्वतः कामचलाउ प्रधानमन्त्री भइसकेको जिकिर गरेका छन् ।
‘प्रतिनिधि सभा विघटन गर्ने व्यक्तिलाई अझै पनि प्रधानमन्त्री भनिरहनु परेको छ,’ नेपालले भने, ‘ यो संविधानको प्रावधानसँग मेल खान्छ?’
प्रतिनिधि सभा विघटन भइसकेपछि प्रधानमन्त्री स्वतः कामचलाउ हुने भन्दै उनले राष्ट्रपति कार्यालयप्रति कटाक्ष गर्दै भने, ‘के तपाईँहरूले कुनै निकायबाट कुनै विज्ञप्ति जारी भएको देख्नु भएको छ? ‘
प्रधानमन्त्री ओलीको संसद विघटनको कदम गैरसंवैधानिक भएको भन्दै नेपालले प्रतिनिधि सभा पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्रका हालसम्मका योगदानहरू समाप्त हुने हुन् कि भन्दै नेपालले चिन्ता व्यक्त गरे ।
उनले केही साथीहरूमा ओली अझै सुध्रिन्छन् कि भन्ने आश रहेको भन्दै बालुवाटारको बालुवा पेलेर नतिजा ननिस्कने जिकिर गरे ।
प्रकाशित समय १५:४३ बजे

















