गृहपृष्ठ नेकपा विवाद प्रभाव प्रदेश- २ मा पनि, संसदीय दलका नेताविरूद्ध अविश्वास प्रस्ताव दर्ता

नेकपा विवाद प्रभाव प्रदेश- २ मा पनि, संसदीय दलका नेताविरूद्ध अविश्वास प्रस्ताव दर्ता

pradesh2-province2-newskarobar

सत्तारूढ दल नेपाल कम्युनिष्ट (नेकपा)को आन्तरिक किचलो प्रदेश सभामा समेत देखिन थालेको छ । प्रदेश- २ मा नेकपाको संसदीय दलका नेता सत्य नारायण मण्डलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

दलका उपनेता रामकुमार यादवसमक्ष १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्याैपानेले बताए । ‘मसहित १७ जनाले प्रस्तावमा हस्ताक्षर गरेका छाैं । अरू साथीहरू पनि थपिने क्रममा हुनुहुन्छ । १९, २० जना पुग्ला,’ न्युज कारोबारसँग कुराकानी गर्दै उनले भने । प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेकपाका ३२ जना सांसद छन् ।

संसदीय दलका नेताविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु आफूहरूको बाध्यता भएको प्रदेश सभा सदस्य न्याैपानेले बताए । ‘उहाँले बैठकको निर्णय कहिल्यै कार्यान्वयन गर्नु भएन । गर्नैपर्ने काममा लागि बैठकबाट निर्णय गराउनु भएन । त्यही भएर हामी यस्तो कदम चाल्न बाध्य भयाैं,’ उनले भने ।

यसअघि प्रदेश १ मा पनि मुख्यमन्त्री शेरधन राईविरूद्ध गत आइतबार अविशवास प्रस्ताव दर्ता गरिएको छ । प्रस्तावमा प्रदेश सभामा रहेका नेकपाका ६७ सदस्यमध्ये ३७ जनाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु