गृहपृष्ठ दोस्रो चरणको आन्दोलन घोषणा गर्ने प्रचण्ड-माधव समूहको तयारी
दोस्रो चरणको आन्दोलन घोषणा गर्ने प्रचण्ड-माधव समूहको तयारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । यसका लागि संघर्ष समन्यव समितिकाे बैठक बसिरहेकाे सो समूहले जनाएको छ ।
दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध आन्दोलनको घोषणा गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पहिलो चरणमा पुष १४ गते यो समूहले देशैभर विरोधसभाको आयोजना गरेको थियो ।
प्रकाशित समय १३:४५ बजे

















