गृहपृष्ठ चितवनमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

चितवनमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपालनिकट विद्यार्थीले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पसलगायतका विद्यार्थीले बिहीबार बिहान ओलीको पुत्ला दहन गरेका हुन् ।

संसद विघटनको विरोधमा प्रचण्ड-माधव समूहका विद्यार्थी दोस्रो चरणको आन्दोलनमा छन् । आन्दोलनको कार्यक्रमअनुसर बिहीबार देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा औपचारिक विभाजनको संघारमा छ । असंवैधानिक कदम भएको भन्दै नेकपाको ओलीइतर समूह र अन्य राजनीतिक दल विरोधमा छन् । ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा १२ वटा रिट परेका छन् ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु