गृहपृष्ठ केपी ओलीले घर चलाउन नसकेर घरमै आगो लगाएको आरोप

केपी ओलीले घर चलाउन नसकेर घरमै आगो लगाएको आरोप

कपिलवस्तुको कृष्णनगर नगरपालिका २ मा नेपाल कम्युनिस्ट पार्टी नेकपाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा कृष्णनगर नगर कमिटीको आयोजनामा प्रचण्ड‑माधव नेपाल समूहले भेला गरेको हो । कार्यक्रममा नेताहरूले केपी शर्मा ओलीले घर चलाउन नसकेर घरमै आगो लगाएको आरोप  लगाए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले प्रधानमन्त्रीले गल्ती सच्याउनुको विकल्प नभएको बताए । ‘सारा शक्ति सडकमा छन्, यो जनताको आन्दोलन हो, सरकारले गल्ती सुधारेन भने अझ सशक्त आन्दोलन हुन्छ,’ उनले भने ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगका कुनै पनि सहमति पालना नगरेको, ११ पटक मन्त्रीमण्डल विस्तार गर्दा पार्टीमा कुनै छलफल नगरेको, राणाशासनभन्दा पनि ओली निरंकुश बनेको, पार्टीको बैठकलाई बेवास्ता गरेका बेला पार्टीले सच्चिन सुझाव दिँदै गर्दा संसद विघटन गर्नुले तानाशाही प्रवृत्ति उजागर भएको बताए । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खाँ नेपखलीले ओलीबाट पार्टीलाई धोका दिने काम पटक पटक भएको तर्क गरे ।

नेताहरूले राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्ने जनताले कुनै एक तानाशाहीलाई राखिरहन नसक्ने बताएका छन् । घर चलाउन नसक्नेले घरमै आगो लगाउने काम गरेको उनीहरूको टिप्पणी छ । नगर कमिटीको भेलामा हजारौँ नेता तथा कार्यकर्ताको उपस्थिति रह्यो ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु