गृहपृष्ठ निर्वाचनका सबै प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-माधव पक्ष आयोगमा
निर्वाचनका सबै प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-माधव पक्ष आयोगमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधि रोक्न माग गर्ने भएको छ । यसका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा लीलामणि पोखरेल, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्यहरू नेकपाको आधिकारिक पत्र लिएर आयोग पुगेका छन् ।
प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियालगायत पदाधिकारीलाई भेटेर पार्टीको आधिकारिक पत्र बुझाउने बताइएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्न मिति घोषणा भइसकेको छ । तर, संसद् विघटन असंवैधानिक भएको भन्दै दायर मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रकाशित समय १४:०५ बजे

















